
काठमाडौं, १९ असोज — संसारमा सबभन्दा गनाउने वस्तु कुन हो भनी जनतालाई मत दिन लगाउँदा अचम्मका कुराहरूको नाम अघि आएका छन् ।

ट टप टेन्स वेबसाइटले मानिसहरूलाई यो प्रश्न गर्दा सबभन्दा धेरैले कुकुरको पाद सबभन्दा बढी गनाउने वस्तु भएको बताए ।
अरू गन्धे कुरामा बान्ता, लसुन खाएको मानिसको डकार, कुहिएको अण्डा, बिरालोको दिसा, फोहोरी डाइपर आदि पर्दछन् ।
तपाईंलाई यीमध्ये कुन कुरा सबभन्दा गन्धे लाग्छ ? कि यीबाहेक अरू नै कुराको गन्धले तपाईंलाई दिक्क पार्छ ? कमेन्ट गर्नुहोला ।