०७ साउन २०८३, बिहीबार

कप्तान खनाललाई तिलोत्तमा नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने

माघ १३, २०८०
बुटवल
कप्तान खनाललाई तिलोत्तमा नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने

दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकप प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन महत्वपूर्ण योगदान दिएका कप्तान देव खनाललाई तिलोत्तमा नगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । 

शुक्रवार भएको अफगानिस्तानविरुद्धको खेलमा १ विकेटको जीत निकाल्दै नेपाललाई सुपर सिक्स प्रवेश गराउन सफल भएको भन्दै कप्तान खनाललाई नगरपालिकाले नगद ५० हजार रुपैयाँ दिने घोषणा गरेको नगर प्रमुख रामकृृष्ण खाणले बताए ।

‘विश्वकप क्रिकेटमा नेपाली टोलीका कप्तान खनालले नेपालको प्रतिष्ठा माथि उठाउन र टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ,’ उनले भने, ‘यसर्थ नगरपालिकाले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।’

कप्तान खनालले अफगानिस्तान विरुद्ध अर्धशतकीय पारीसहित ५८ रनको योगदान दिएका थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिका– १३ का स्थायी बासिन्दा रहेका कप्तान खनालले देशको सँगै सिंगो नगरकोसमेत प्रतिष्ठा बढाएको नगर प्रमुख खाणले बताए । नगरपालिकाले यसअघि पनि ३ जना खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिएर सम्मान गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्