१२ असार २०८३, शुक्रबार

राजपा नेताले भने चीनको इसारामा माओवादी-एमालेको एकता

कात्तिक २०, २०७४
राजपा नेताले भने चीनको इसारामा माओवादी-एमालेको एकता

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषेचन्द्र लालले चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष लालले भने,‘कशैको ईशारामा नभएको भए यो कसरी रातारात वाम तालमेल र पार्टी एकताको प्रयास भयो त ? सोच्नुपर्ने कुरा त यहाँनिर छ, म दाबाका साथ भन्छु यो चीनको ईशारामा वामपन्थीहरुवीचको एकता प्रयास भएको हो, यसमा प्रत्यक्ष रुपमा चीनले भूमिका खेलेको छ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डलाई राजनैतिक नैतिकता नभएको नेताको संज्ञा दिए ।

उनले भने,‘प्रचण्डसँग थोरैपनि राजनैतिक नैतिकता छैन्, यदि त्यसो हुँदो हो त सरकारमा रहेर विपक्षीसँग गएर घाँटी जोड्ने काम गर्नु हुनेथिएन, म यहाँबाटै आग्रह गर्छु बचेखुचेको थोरै नैतिकता बाँकी छ भने तत्काल सरकार छोडेर लोकतान्त्रिक मुल्य र मान्यताको सम्मान गर्नुस्, लोकतान्त्रि गठबन्धन पार्टी एकताको लागि होईन, वाम एकताको बिरुद्धमा हो, हामी वाम एकताबाट डराएका होईन, यो गठबन्धन अपवित्र छ, यो बाहृय शक्तिको रिमोटबाट बनेको एकताले मुलुक र नेपाली जनताको भलो गर्दैन।’

मुलुकै ठुलो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेस लगायत ६ दलहरु लोकतान्त्रिक मुल्य मान्यतामा उभिएका उल्लेख गर्दै लाले थपे,‘हाम्रो गठबन्धनले मुलुकलाई सवल बाटोमा लैजाने छ, यो गठबन्धनकासामु वाम एकताले हावा खानेछ।’

salt training

कमेन्ट गर्नुहोस्