२४ जेठ २०८३, आइतबार

पुनरागमन जीत निकाल्दै रियल ला लिगाको शीर्ष स्थानमा

माघ १४, २०८०
काठमाडौं
पुनरागमन जीत निकाल्दै रियल ला लिगाको शीर्ष स्थानमा

रियल म्याड्रिड पुनरागमन जीत निकाल्दै स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

रियलले शनिवार लास पालमासविरुद्ध एक गोलले पछि परेको अवस्था उल्टाउँदै जीत हासिल गरेको हो ।

यस क्रममा रियलले घरेलु टोली पालमासलाई २–१ गोल अन्तरले हराएको हो ।

रियलको जीतमा भिनिसियस जुनियर र औरेलिन चुवामेनीले गोल गरे । 

खेलमा पालमासका लागि जाभियर मुनोजले गोल गर्दै अग्रता दिलाएका थिए । उनले ५३औं मिनेट अग्रता दिलाएका हुन् ।

तर रियलले दुई गोल गर्दै जीत निकाल्यो । ६५औं मिनेटमा गोल गर्दै भिनिसियसले खेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो गोल रियलले ८४औं मिनेटमा गर्यो । चुवामेनीले हेडर मार्फत गोल गर्दै रियललाई जीत दिलाए ।

शनिवार राति नै भएको खेलमा बार्सिलोना भने घरेलु मैदानमै भिल्लारियलसँग ५–३ गोल अन्तरले पराजित भएको छ ।

जीतपछि रियल २१ खेलमा ५४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको जिरोनाको समान २१ खेलमा ५२ अंक छ । बार्सिलोना ४४ अंकसहित तेस्रो स्थानमा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्