२१ जेठ २०८३, बिहीबार

चिसो अझै बढ्ने

माघ १४, २०८०
काठमाडौं
चिसो अझै बढ्ने

अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । 

जल तथा मौसम विज्ञान विभागको नौसम पूर्वानुमान महाशात्वाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाब दिएको छ। अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


मौसमविद् गोबिन्द्र झाका अनुसार चिसो बढ्दै जाँदा काठमाडौंलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । काठमाडौँको तापक्रम बिहीबार र शुक्रबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रममा स्थिर रहेकोमा शनिबार घटेर २.५ डिग्री सेल्सियसमा झरेको छ। यो यस बर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो । गत वर्षको
तुलनामा यो वर्ष यस अङकमा न्यूनतम तापक्रम पुग्न २० दिन ढिलो भएको छ । गत वर्ष जनवरी ७ तारिखमा न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रेकर्ड भएको थियो। यो विश्लेषणले पनि गत वर्षभन्दा यस वर्षको जाडो २० दिन पछाडि धकेलिएको देखाउँछ। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्