२९ असार २०८३, सोमबार

चलचित्र ‘खजुरे ब्रो’मा हर्क साम्पाङको अतिथि भूमिका, सुटिङ सेटमा नीति शाहसँग देखिए

माघ १४, २०८०
काठमाडौं
चलचित्र ‘खजुरे ब्रो’मा हर्क साम्पाङको अतिथि भूमिका, सुटिङ सेटमा नीति शाहसँग देखिए

चलचित्र ‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको अभिनय गरेका छन् । 

शनिवार उनको भूमिकाको छायांकन गरिएको कार्यकारी निर्माता डायमण्ड उप्रेतीले जानकारी दिए । कथाले मागेअनुसार नै साम्पाङलाई लिइएको र उनलाई मेयरकै भूमिकामा चलचित्रमा देख्न सकिने उप्रेतीले बताए । ​​​

छायांकन सेटमा मेयर साम्पाङ डेब्यु अभिनेत्री नीति शाहलगायतसँग देखिएका छन् ।

चलचित्रको टिमले साम्पाङसँगका केही तस्वीर सार्वजनिक गरेको छ । 

‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित चलचित्र हो । चलचित्रले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।  दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । 


चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल,बिनिता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ । ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो । 

चलचित्रमा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ । 

चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेको छायाँकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्