२१ जेठ २०८३, बिहीबार

गृहको प्रस्टोक्ति - यस वर्षको शहीद दिवसमा बिदा छैन

माघ १४, २०८०
काठमाडौं
गृहको प्रस्टोक्ति - यस वर्षको शहीद दिवसमा बिदा छैन

विक्रम सम्वत् २०८१ सालको शहीद दिवसमा सार्वजनिक बिदा दिने घोषणा गरेपछि सरकारले यो वर्ष शहीद दिवस (माघ १६)मा बिदा नभएको स्पष्ट गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो वर्ष शहीद दिवसको अवसरमा बिदा दिने निर्णय नभएको जानकारी दिए ।  

गत पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८१ सालमा थप २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

माघ १६ गतेको शहीद दिवस र राम नवमीमा बिदा थप गर्ने निर्णय सरकारले गरेको थियो । 

सो निर्णयलाई लिएर यो वर्षको शहीद दिवसमा बिदा हुने/नहुने बारे अन्योल थियो ।

salt training

कमेन्ट गर्नुहोस्