०७ असार २०८३, आइतबार

स्याङ्जाको पुतली बजारमा करेन्ट लागेर १ जनाको मृत्यु​​

माघ १४, २०८०
स्याङ्जा
स्याङ्जाको पुतली बजारमा करेन्ट लागेर १ जनाको मृत्यु​​
फाइल फोटो

स्याङ्जाको पुतली बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पुतली बजार नगरपालिका ८ काहुले बस्ने ५० वर्षीया चन्द्रकुमारी सुनारको आइतवार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी घाँस बोकेर घरतर्फ फर्कँदै थिइन् । सोही क्रममा उनले बोकेको घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्