२५ असार २०८३, बिहीबार

आठ हजार घुस लिने असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ १५, २०८०
काठमाडौं
आठ हजार घुस लिने असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित नियन्त्रणमा लिइएको मोटरसाइकल छुटाइदिने भनी आठ हजार रुपैयाँ घुस लिएका भण्डारीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनका अनुसार भण्डारीलाई आठ हजार रुपैयाँ घुससहित पुस २५ गते पक्राउ गरिएको थियो । उनले आठ हजार घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । 

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को ३ को उपदफा (१) बमोजिमको कसुरमा आठ हजार रुपैंयाँ विगो कायमगरी भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्