११ साउन २०८३, सोमबार

एकअर्कामाथि मिसाइल आक्रमणपछि पाकिस्तान पुगे इरानका विदेश मन्त्री

माघ १५, २०८०
काठमाडौं
एकअर्कामाथि मिसाइल आक्रमणपछि पाकिस्तान पुगे इरानका विदेश मन्त्री

इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियान पाकिस्तान पुगेका छन् । पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीको निमन्त्रणामा अब्दुल्लाहियान सोमबार इस्लामावाद पुगेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री अब्दुल्लाहियानले पाकिस्तानी विदेशमन्त्री जिलानीसँग द्विपक्षीय वार्ता गर्ने र प्रधानमन्त्री अनवारुल हक कक्कडसँग भेटवार्ता गर्ने बीबीसीले जनाएको छ । 

दुवै देशले एकअर्काको सीमामा प्रवेशगरी मिसाइल हमला गरेपछि उनी पाकिस्तान पुगेका हुन् । 

यसै महिना इरानले पाकिस्तानको बलुचिस्तान क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको थियो । 

यसपछि पाकिस्तानले पनि इरानमा मिसाइल प्रहार गरेको थियो । पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान प्रान्तको पञ्जगुर क्षेत्रमा यस्तै हमला गरेको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्