२१ जेठ २०८३, बिहीबार

प्रधानसेनापति खुला म्याराथन फागुनमा हुने

माघ १५, २०८०
काठमाडौं
प्रधानसेनापति खुला म्याराथन फागुनमा हुने
फाइल फोटो

प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ ।

नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवौं संस्करणको उक्त प्रतियोगिता आगामी फागुनमा १९ गते सञ्चालन हुने भएको हो । 

नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ४२–१९५ किमीको म्याराथन, हाफ म्याराथन, १० किमी दौड, पाँच किमीको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राका लागि पाँच किमीको दौड हुनेछ ।

महासेनानी थापाले प्रतियोगिताका लागि खेलाडी छनोट गरी अभ्यास गरिरहेको बताए । म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने अन्य विधाको खेलमा महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् । 

म्याराथनमा पहिलो हुने खेलाडीले रू तीन लाखसहित एक थान यामहा कम्पनीको मोटरसाइकल पाउनेछन् । ​

दोस्रोले रू दुई लाख, तेस्रोले रू एक लाख, चौथोले रू ५० हजार, पाँचौंले रू ३० हजार, छैटौंले रू २५ हजार र सातौं हुने खेलाडीले रू २० हजार पाउने आयोजकले जनाएको छ । सोही विधामा आठौं हुने खेलाडीले रू १५ हजार, नवौं हुने खेलाडीले रू १० हजार तथा १०औं हुने खेलाडीले रू पाँच हजार पाउने छन् । 

हाफ म्याराथनतर्फ पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रू ७५ हजार, रू ५० हजार र रू ३५ हजार पाउनेछन् । पहिलो हुने खेलाडीले ७५ हजारसहित यामहा कम्पनीको मोटरसाइकल पाउनेछन् । त्यस्तै १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रू १० हजार, रू सात हजार र रू पाँच हजार पाउनेछन् ।

पाँच किमीको छात्रछात्रा दौडमा पहिलो हुनेले रू १० हजार, दोस्रोले रू सात हजार र तेस्रो हुने खेलाडीले रू पाँच हजार पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्