२२ असार २०८३, सोमबार

आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

माघ १५, २०८०
काठमाडौं
आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्डअन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।​

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नवप्रवर्तन , नेतृत्वदायी जनशक्ति व्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा  गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको रुपमा लिएको बताए ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मूल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्