२२ जेठ २०८३, शुक्रबार

सडक डिभिजनका तत्कालीन प्रमुख चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ करोड ४४ लाख जरिवाना

माघ १५, २०८०
काठमाडौं
सडक डिभिजनका तत्कालीन प्रमुख चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ करोड ४४ लाख जरिवाना

विशेष अदालत काठमाडौंले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ महिना कैद र २ करोड ४४ लाख ९३ हजार ७६५ रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको सोमवारको इजलासले प्रतिवादी चौधरीलाई कैद र जरिवना दुवैको सजाय हुने फैसला गरेको हो ।

विशेषले गत माघ १ गते चौधरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजको मिति तोकेको थियो । सोही अनुसार आज फैसला सुनाइएको हो ।

साथै विशेषले चौधरीका साथै उनकी श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीको नाममा रहेको आरोपदाबीमा उल्लेखित सम्पत्तिबाट असुल हुने ठहर गरेको छ ।

२०७७ साल फागुन ५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ बिगोका साथै जरिवाना र कैद सजायको समेत माग दाबी गर्दै विशेषमा मुद्दा दायर गरेको थियो ।

चौधरीले सार्वजनिक सेवाको पदमा रहेर पदीय दुरुपयोग गरेको, स्रोत नखुल्ने सम्पत्ति श्रीमती र छोराको नाममा राखेको आयोगको दाबी थियो ।

salt training

कमेन्ट गर्नुहोस्