२९ जेठ २०८३, शुक्रबार

दिल्लीको एक प्रहरी स्टेशनमा भीषण आगलागी, ४ सय बढी गाडी जलेर नष्ट

माघ १६, २०८०
काठमाडौं
दिल्लीको एक प्रहरी स्टेशनमा भीषण आगलागी, ४ सय बढी गाडी जलेर नष्ट

भारतको राजधानी दिल्लीमा भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ।

उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा सोमबार आगलागी भएको हो।

गाडीहरू राखिएको गोदाममा आगलागी भएको हो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।

आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्