काठमाडौँ, २० असोज- चुनावी तालमेलपछि पार्टी एकता गर्ने सहमति गरेका प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म सरकार परिवर्तनको खेलमा नलाग्ने भएका छन् । सरकार परिवर्तनको तयारीमा लागे घोषित निर्वाचन प्रभावित हुने भएकाले कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिन उनीहरू सहमत भएका छन् ।

सरकार परिवर्तन गर्दा वा माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता बोलाउँदा कांग्रेस नेतृत्वको सरकारले १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्न सक्ने भएकाले त्यतातर्फ आफूहरू नलागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए, नयाँ पत्रिकामा खबर छ ।