१३ असार २०८३, शनिबार

यति खतरनाक हुन्छ गर्भपतन...

कात्तिक २०, २०७४
यति खतरनाक हुन्छ गर्भपतन...
भारतको दिल्लीमा वस्ने कमला (परिवर्तित नाम) को भरखर भरखर विवाह भएको थियो । विवाह भएको चार महिना मात्र भएको थियो उनको महिनावारी रोकियो ।

उनी यति चाढै बच्चा चाहन्नथिन् । यसका लागि उनी मानसिक र शारीरिक रुपमा तयार थिइनन् । यसका लागि उनी गर्भपतन गर्नका लागि एक महिला डाक्टरको क्लीनिकमा पुगिन् तर श्रीमानलाई बताइनन् ।

विश्व स्वास्थ्य संगठनको आकडा अनुसार विश्वमा हरेक वर्ष ५.६ करोड महिलाले गर्भपतन गराउँछन् । जसमध्ये ४५ प्रतिशत गर्भपतन असुरक्षित हुन्छ ।

गर्भपतनमा यति धेरै प्रश्न किन ?

कमलाको यस्तै भयो । एक्ली महिला गर्भपतन गर्न आएपछि महिला डाक्टरले भनिन्,‘यदी अस्पतालमा आएर गर्भपतन गर्नुछ भने ४ हजार रुपैयाँ लाग्छ र श्रीमानले कागजमा हस्ताक्षर गर्नुपर्छ । यहाँ क्लीनिकमा म पनि गराउन सक्छु, खर्च कम लाग्छ केही क्षणमा नै हुन्छ ।’

कमलालाई पैसाको र श्रीमानको चिन्ता थियो । यसकारण उनले तुरुन्त गर्भपतनका लागि स्विकार गरिन् ।

अमेरिकाको गुटमाकर विश्वविद्यालयसँग मिलेर विश्व स्वास्थ्य संगठनले जे रिपोर्ट जारी गरेको छ उसका अनुसार विश्वका ९७ प्रतिशत असुरक्षित गर्भपतन एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकी देशमा हुने गरेको छ ।
कमलाले जुन डाक्टरसँग गर्भपतन गराएकी थिएन उनले आफ्नो घरमा नै क्लीनिक खोलेकी थिइन् । पूरै प्रकृया करिब आधा घण्टा चल्यो । पछि डाक्टरले नै दुइ दिन आराम गर्न सल्लाह दिए र हप्ता भरका लागि आइरन चक्की खाने सल्लाह दिए ।

कमलालाई ठिकै लाग्यो, कसैलाई बताउन पनि परेन र सोध्न पनि भन्दै उनी खुसी देखिइन् । तर तीनमहिनापछि कमलाको रजश्वलामा समस्या आयो । तर यो पटक उनको रजश्वला रोकिनुमा गर्भको कुनै सम्बन्ध थिएन । तर पहिले गराएको गर्भपतनसँग जोडिएको थियो । जब समस्या ठूलै भयो तव कमलालाई ठूलो अस्पताल जानु प¥यो र त्यसअघिको घटनाबारे पतिलाई बताउनु परेको थियो ।

विश्व स्वास्थ संगठनकले आफ्नो रिपोर्टमा विश्व भरमा गरिने गर्भपतनलाई तीन श्रेणीमा विभाजन गरेको छ । सुरक्षित गर्भपतन, कम सुरक्षित गर्भपतन तथा अत्यन्त्य कम सुरक्षिक गर्भपतन । रिपोर्टका अनुसार विकासशील देशमा ५० प्रतिशत सम्म असुरक्षित गर्भपतन हुने गरेको छ । यसको पछाडिको कारणमा गर्भपतनसँग जोडिएको कानून पनि हो ।

गर्भपतन गर्ने समयमा कमलाको पतिको हस्ताक्षर अनिवार्य भएपनि डाक्टरले उनको पतिको हस्ताक्षर बिनानै गर्भपतन गराए ।

जसका कारण भारतमा गर्भपतन कानूनमा परिवर्तनको पहल शुरु गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्