
काठमाडौं, २० असोज– वाम र लोकतान्त्रिक गठवन्धनका कार्यदलरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी मिलेर बनेको वाम गठबन्धको उम्मेदवार चयन गर्ने सम्बन्धी कार्यदलको बैठक ललितपुरमा बसिरहेको छ ।
ललितपुरको एक होटलमा जारी बैठकले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार चयन लगायतका विषमा छलफल भइरहेको छ ।
कार्यकदलमा एमालेका तर्फबाट इश्वर पोखरेल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादीका तर्फबाट वादल, वर्षमान पुन, मातृका यादव रहेका छन् । त्यस्तै नयाँ शक्तिबाट गगांनारायण श्रेष्ठ छन् ।
यता नेपाली कांग्रेससँग आवद्ध लोकतान्त्रिक गठवन्धनको कार्यदलको बैठक आजै साझँ बस्ने तय भएको छ ।