०९ साउन २०८३, शनिबार

केपी ओलीको नयाँ प्रस्ताव : गल्ती बोल्नेको शब्द संसद्‌को रेकर्डबाट नहटाऔं

माघ २१, २०८०
काठमाडौं
केपी ओलीको नयाँ प्रस्ताव : गल्ती बोल्नेको शब्द संसद्‌को रेकर्डबाट नहटाऔं
फाइल फोटो

नेकपा ​​​एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा सांसदले बोलेका गलत शब्द भए पनि अभिलेखबाट हटाउन नहुने बताएका छन् ।​

संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले नराम्रो कुरा लुकाइदिने गरी रेकर्डबाट हटाउन नहुने बताएका हुन् ।

‘हामीले गलत बोल्यौं भने रेकर्डबाट हटाइ पाउँ भनेर बोल्ने, अनि नराम्रो हटाएर राम्रोमात्रै राखेर हुन्छ ?’, ओलीले भने, ‘गतिलो मान्छे रहेनछ भने उसले बोलेको कुरा किन लुकाइदिने ? यसैले गलत कुराको विरोध गरौं । रेकर्डबाट हटाउन जोड गरेर नबोलौं ।’

अस्वीकार र विरोध गरेपछि पुग्ने भन्दै गलत बोलेकालाई गलतकै रुपमा रहन दिनुपर्ने ओलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्