
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ ।
बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपाललेभुटानमाथि १–० गोलको जीत निकालेको हो ।
यस जीतसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ ।
नेपालको जीतमा सेनु परियारले गोल गरिन् ।
उनले खेलको ५४औं मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल साबित भयो । यसअघि भएको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको थियो । यताभुटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपाल, बङ्गलादेश,भुटान र भारत सहभागी उक्त प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । नेपालले आफ्नो तेस्रो खेल यही माघ २३ गते भारतसँग खेल्नेछ ।