३० असार २०८३, मंगलबार

अनुसन्धान शोधवृत्तिका लागि अनलाइनबाट प्रस्ताव दिन सकिने

माघ २१, २०८०
काठमाडौं
अनुसन्धान शोधवृत्तिका लागि अनलाइनबाट प्रस्ताव दिन सकिने

काठमाडौँ महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप (एमआरएफ) को जानकारीमूलक सत्र सम्पन्न भएको छ । सत्रमा शोध कार्यका लागि इच्छुक १८ जना व्यक्ति भौतिक रुपमा उपस्थित भएका थिए। यस्तै २२ जनाले अनलाइनमार्फत सहभागिता जनाएका छन् ।

सत्रमा कार्यक्रम सञ्चालनको उद्देश्यमाथि चर्चा गर्दै आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तथ्य र आवश्यकतामा आधारित नीति निर्माण गर्नमा शोध कार्यबाट महत्वपूर्ण दस्तावेज प्राप्त हुने अपेक्षा रहेको बताए । 

आयोगका सहायक विज्ञ विवेक बास्तोलाकाअनुसार आउँदो शनिबार (माघ २७ गते) रातको ११ बजेर ५९ मिनेटसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ ।  

शोधका लागि इच्छुक आवेदकले  https://shorturl.at/izB57 मार्फत आवेदन दिन सक्नेछन। 

मापदण्डमा तोकिएको अङ्क भारका आधारमा प्रस्ताव मूल्याङ्कन गरिनेछ । प्रस्तावलाई कोडिङ् गरेर मूल्याङ्कनमा पठाइनेछ । नाम गोप्य भएकोले मूल्याङ्कनकर्ताले विषयको गहनताका आधारमा मूल्याङ्कन गर्नेछन् । यसरी छानिएका प्रस्तावकहरुलाई प्रस्तुतिकरणका लागि बोलाइनेछ । प्रस्तुतिकरणपछि १० जना शोधकर्ता छानिने महानगरपालिकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्