
काठमाडौं, २८ पुस — होटल -याडिसनको हेल्थ क्लवबाट हराएको घडीको विषयमा प्रवलमानसिंह गुरुङले मुख खोलेका छन् । पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलले घडी हराएको विषयमा कांग्रेस सांसद रामहरि खतिवडालाई मुच्छन नहुने समेत बताएका छन् ।
आज एउटा प्रेस विज्ञप्ती निकाल्दै उनले आफू घडी हराउने वित्तिकै कामको सिलसिलामा भारतको मुम्बइमा गएको तर यता चाहिँ खतिवडालार्य घडीसँग जोडिएकोमा आपत्ती जनाएका छन् ।
खतिवडाले आफ्नो ट्रयाकमा घडी परेको भनेर प्रवलका साथि सिमान्तलाई फोन गरेको समेत विज्ञप्तीमा लेखेका छन् । उनले खतिवडाको कुनै गल्ती नभएको समेत बताएका हुन् ।