२४ जेठ २०८३, आइतबार

धरहराको पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश- लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?

माघ २२, २०८०
काठमाडौं
धरहराको पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश- लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले धरहरामा नि:शुल्क पार्किङ नगर्न पत्र आएको भन्दै असन्तुष्टि जनाएका छन् । उद्घाटन भएको तीन वर्ष पुग्नै लाग्दासमेत अझै निर्माण नसकिएको भन्दै पत्र लेख्नु लज्जाको विषय भएको बताएका छन् । 

तर, कुन निकायले निःशुल्क पार्किङ बन्द गर्न पत्र पठायो उनले खुलाएका छैनन् ।

उनले निर्माण नसिकँदै उद्घाटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि कडा टिप्पणी गरेका छन् । 'उदघाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो 'नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ,' सोमबार बिहानै उनले फेसबुकमा लेखेका छन् । 

११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले तामझामसाथ धरहराको उद्घाटन गरेका थिए । तर, उद्घाटन गरेकै झन्डै तीन वर्ष बित्दा पनि धरहराको पुनर्निर्माण पूरा हुन सकेको छैन ।

काम सम्पन्न नभई भित्तामा नाम लेख्न उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचार मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनको भनाइ छ ।
 

 

salt training

कमेन्ट गर्नुहोस्