०१ असार २०८३, सोमबार

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

माघ २२, २०८०
दाङ
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

दाङमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका १२ हरिपौराका २१ वर्षीय अशोक चौधरी छन् । अर्का एक जनाको भने प्रहरीले परिचय खुलाएको छैन ।

उनीहरूलाई आइतवार  दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका ११ गैरागाउँस्थित नर्सरीमा लगेर शनिवार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्