×

NMB BANK
NIC ASIA

पोखरामा ‘दयारानी’को प्रिमियर, मेयरदेखि कलाकारसम्म पुगे [तस्वीरहरू]

काठमाडाैं | माघ २२, २०८०

NTC
Premier Steels

शुक्रवारबाट प्रदर्शनमा आउने दयाहाङ राई र दीया पुन अभिनीत फिल्म ‘दयारानी’को पोखरामा प्रिमियर गरिएको छ । आइतबार पोखरास्थित मिडटाउन सिनेमाजमा गरिएको प्रिमियरमा मेयरदेखि कलाकारसम्म सहभागी रहे । 

Muktinath Bank

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटीलगायतले प्रिमियरमा फिल्म हेरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दीया पुन लगायत प्रिमियरमा उपस्थिति थिए । ​


Advertisment
Nabil box
Kumari

Vianet communication

प्रिमियर शोमा बोल्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र फिल्म क्षेत्रका गतिविधिहरू भइरहेको देख्दा खुशी लागेको बताए । 

प्रिमियरमा ‘दयारानी’ले राम्रो प्रतिक्रिया पाएको छ । फिल्मले देखाउन खोजेको कथा उपस्थित अतिथि दर्शकलाई मन परेको छ । 

प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले फिल्म हेरिसकेपछि भने, ‘माओत्से गुरुङ कलाकारितासँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई सिनेमा मार्फत उजागर गर्न खोजिएको रहेछ । फिल्मको कथा उत्कृष्ट छ । फिल्ममा पात्रले निभ्याएको भूमिका तारिफयोग्य छ ।’ 

मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायांकन गरिएको ‘दयारानी’ मार्फत यो ठाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । मादी गाउँपालिकाका धेरै ठाउँ फिल्म छायांकनका लागि उत्कृष्ट रहेको भन्दै ‘दयारानी’ मार्फत याङ्जाकोटको प्रचारमा महत्वपूर्ण टेवा पुग्ने बताए । 

‘दयारानी’ निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गर्नुभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने, – ‘कलाकार भएर थुप्रै फिल्ममा अभिनय गरिएको छ । अभिनयमा त्यति अप्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेवारी हुन्छ ।’ 

अभिनेत्री दीया पुन पनि ‘दयारानी’बाट आशावादी देखिइन् । यो फिल्मले आफ्नो कलाकर्ममा अगाडि बढ्न सहयोगी हुने विश्वास व्यक्त गरिन । फिल्ममा रानीको भूमिकामा रहेकी दीयाले माओत्से गुरुङको निर्देशनमा सामाजिक परिवेशलाई फिल्मको पर्दामा ल्याइएकाले यो चरित्रमा अभिनय गर्न पाउँदा नौलो लागेको बताइन् । 

बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतको समेत अभिनय छ । 

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x