१४ असार २०८३, आइतबार

यसरी बनाउनुस् स्वादिलो काजु बर्फी

कात्तिक २०, २०७४
यसरी बनाउनुस् स्वादिलो काजु बर्फी

काठमाडौं, २० असोज — अहिले पर्वकै माहोल छ । दशैं सकिएपनि अब केही दिनमा तिहार आइहाल्छ । यस्तो बेलामा मानिसहरू मिठाइ खान्छन् । बजारको मिठाइमा गुणस्तर नहुन सक्छ त्यसैले घरमै मिठाइ बनाउनुभए हुन्छ । आज हामी तपाईंलाई काजुको बर्फी बनाउन सिकाउँछौं ।


सामग्री

२५० ग्राम काजु
५० ग्राम धूलो दूध
२०० ग्राम चिनी
१०० मिलिलिटर पानी
एक चम्चा घिउ
सातवटा चाँदीको बरक

विधि
सबभन्दा पहिले काजुलाई ग्राइन्डरमा राम्ररी पिँधेर धूलो बनाउनुस् । अब यसलाई ठूलो प्लेटमा राख्नुस् र त्यसमा धूलो दूध मिसाउनुस् ।

अब एउटा कराहीमा चिनी र पानी हालेर चास्नी तयार गर्नुस् । चास्नी तयार भएपछि आगो निभाउनुस् र त्यसमा काजुको धूलो हालेर मिश्रण तयार पार्नुस् ।

अब यसलाई १० मिनेटका लागि त्यत्तिकै छोडेर चिसो हुन दिनुस् र मिश्रणलाई एउटा भाँडोमा हालेर हातले मज्जाले मुछ्नुस् ।

अब त्यो मिश्रणलाई प्लास्टिकको शीटमा राख्नुस् र पातलो हुने गरी बेल्नुस् ।

अब बेलिएको मिश्रणमा घिउ हालेर फैलाउनुस् र माथिबाट चाँदीको बरक लगाउनुस् ।

आधी घन्टासम्म यसलाई सेट हुन दिनुस् । त्यसपछि चक्कुले बर्फी आकारमा काट्नुस् ।

काजुको बर्फी तयार भयो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्