
प्रधामनन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मंसिर १३ गते संयुक्त राष्ट्र संघीय वातावरणीय सम्मेलनमा सहभागी हुन दुबई जाने बेला रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवहाक प्रधानमन्त्री तोकिएको सूचना सोमवार संसद्मा सुनाइएको छ ।
प्रतिनिधि सभाको अधिवेशनको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले सोमवार राष्ट्रपति र प्रधानमन्त्री कार्यालयका पत्र पढेर सुनाएका हुन् ।
मन्त्रीहरूको विदेश भ्रमणको क्रममा प्रधानमन्त्रीले अन्य मन्त्रीलाई कार्यभार तोकेको सूचना पनि सुनाए ।
पहिलो दिनको बैठकमा आकस्मिक, शून्य र विशेष समयको कार्यक्रम राखिएको छैन । अधिवेशन शुभारम्भको अवसरमा राजनीतिक दलका नेताहरूले बुधवारको बैठकमा सम्बोधन गर्ने भएका छन् ।