
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान भएको छ ।
आगामी फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।
संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को निर्णयसहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिश अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा गरी प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताए ।
यो दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन हो ।