२२ जेठ २०८३, शुक्रबार

सहकारी ठगीमा रविविरुद्ध कास्की प्रहरीमा जाहेरी, थप अनुसन्धान हुन्छ - डीएसपी

माघ २२, २०८०
काठमाडौं
सहकारी ठगीमा रविविरुद्ध कास्की प्रहरीमा जाहेरी, थप अनुसन्धान हुन्छ - डीएसपी

जिल्ला प्रहरी कार्यालय कास्कीका रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी परेको छ ।

पोखराको सूर्यदर्शन सहकारी पीडितले लामिछानेविरुद्ध प्रहरीमा जाहेरी बुझाएका हुन् । जाहेरी बिहानै बुझाएको भएपनि साँझ बल्ल प्रहरीले दर्ता गरेको जाहेरी गर्नेमध्ये एकजनाले लोकान्तरलाई बताए ।

जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालागायतलाई प्रतिवादी बनाइएको छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी श्रवनकुमार बिकले लोकान्तरसँग भने, 'यसअघि नै अनुसन्धान भएको विषय हो त्यो । तर पीडितहरूले पूरक जाहेरी दिनुभएको छ, त्यो हामीले लिएका छौं । त्यसैअनुसार हामी पनि पूरक अनुसन्धान गर्दैछौं ।'

उनले यसअघि अनुसन्धान भइसकेको भनेता पनि त्यसउपर कारवाही गर्न बाँकी रहेको बताए ।

'पहिला नै जाहेरी परेर अनुसन्धानमै रहेको विषय हो यो,' उनले भने, 'थप पूरक जाहेरी परेपछि त्यसमा पनि अनुसन्धान हुन्छ ।'

जाहेरवालाले सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न लागेको पैसा गैर-कानूनी भएको र त्यतिबेला लामिछाने पनि ग्यालेक्सीको सञ्चालक भएकाले उनलाई पनि छानबिन गर्नुपर्ने माग गरेका छन् ।'

salt training

कमेन्ट गर्नुहोस्