
काठमाडौं जिल्ला अदालतले अरुण चौधरीसहित तीनै जनालाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी चौधरीसहित अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले लोकान्तरलाई जानकारी दिए ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ५ दिन अगाडि पक्राउ गरेको थियो ।