२६ जेठ २०८३, मंगलबार

समाजवादी युवा संघ गण्डकी प्रदेश समिति पुनर्गठन

माघ २२, २०८०
काठमाडौं
समाजवादी युवा संघ गण्डकी प्रदेश समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । कास्कीको पोखरामा आयोजित कार्यक्रमबाट रामेश्वर पराजुलीको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा देवदुत थापा, मुख्यसचीव ज्योती परियार, सचीव रीतु सुनार चयन भएका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समितिका इन्चार्ज शिवलाल थापा प्रमुख अतिथि रहेको कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ्ग, राजन केसी, निर्मल जिसीलगायतका नेताहरु उपस्थित रहेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्