
सर्लाहीको मलंगवामा सोमबार भयानक दुर्घटना भएको छ । मलंगवा नगरपालिका–११ मा ट्याक्टर र जिप एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा जिल्ला नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर घाइते भएका छन् । यस्तै अन्य १० जना पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ज २ च १०६४ नम्बरको ट्याक्टर र भारतीय नम्बर प्लेटको जिप एकाआसपमा ठोक्किएको हो । दुर्घटनामा घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि जीप क्षतिग्रस्त बनेको छ ।