३१ जेठ २०८३, आइतबार

जनप्रतिनिधिलाई भाषा र कानुनसम्बन्धी प्रशिक्षण

माघ २२, २०८०
काठमाडौं
जनप्रतिनिधिलाई भाषा र कानुनसम्बन्धी प्रशिक्षण

हिमाली जिल्ला मनाङको विकट क्षेत्र नार्पाभूमि गाउँपालिकाका जनप्रतिनिधिका लागि तालिम सञ्चालन गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई कामकाजमा सहज होस् भन्ने उद्देश्यले नेपाली भाषा र व्यावहारिक कानुनसम्बन्धि तालिम प्रदान गरिएको हो । 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाका अनुसार १५ दिने तालिमअन्तर्गत भाषा र कानुनका विषयमा प्रशिक्षण दिइएको छ । उउनको भनाइ छ, “भाषाका कारण समस्या आउन सक्ने भएकाले सचेत र सहज बनाउन तालिम प्रदान गरिएको हो । तालिमबाट जनप्रतिनिधि उत्साहित छन् ।” कामकाजमा सहज बनाउन आधारभूत भाषा र कानुन आवश्यक रहेकाले प्रशिक्षण दिइएको उनले जानकारी दिए  ।

कानुनी कुरामा दक्ष बनाउन तालिम प्रदान गरिएको अध्यक्ष लामाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्