३० जेठ २०८३, शनिबार

विदेशबाट नेपालमा काम गर्न आउनेको संख्या बढ्यो

माघ २३, २०८०
काठमाडौं
विदेशबाट नेपालमा काम गर्न आउनेको संख्या बढ्यो

रोजगारीका  लागि  नेपाल  आउने  आप्रवासी  श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालुु  आवको  २०८०/८१  सो  अवधिमा  रोजगारी  खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो ।

 श्रम  तथा  व्यवसायजन्य  सुरक्षा  विभागका  अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् । गत  वर्षको  साउनदेखि  पुस  महिनासम्म  श्रम  स्वीकृति लिनेको सङ्ख्या ९१८ थियो । विभागका अनुसार जसमा नयाँ श्रम स्वीकृति लिने ४६७ जना रहेका छन् भने श्रम नवीकरण गर्ने ६६३ जना रहेका छन्  ।  

नेपालमा  दक्ष  श्रमिक  नपाएको  अवस्थामा  विदेशी  श्रमिक  राख्न  पाउने  व्यवस्था  अनुसार  विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका  लागि  करिब  ८०  देशका  नागरिकले  श्रम  स्वीकृति  लिएकामध्ये  सबैभन्दा  बढी  चिनियाँँ  नागरिक छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्