२० असार २०८३, शनिबार
यथास्थितिवादविरुद्ध विद्रोह

पाकिस्तान चुनाव: ‘बाहुबली नवाब’हरूविरुद्ध एक्लै उभिएकी 'एक मजदुरकी छोरी'

माघ २३, २०८०
काठमाडौं
पाकिस्तान चुनाव: ‘बाहुबली नवाब’हरूविरुद्ध एक्लै उभिएकी 'एक मजदुरकी छोरी'
  • फ़रहत जावेद

शांगलाकी साजिदा बिबी (नाम परिवर्तन)ले मतदाता परिचय पत्रमा नाम भए पनि जीवनमा एकपटक मात्र मतदान गरेकी छिन् । उनले दुई वर्षअघि स्थानीय तहको निर्वाचनमा श्रीमान्का साथीलाई भोट हाल्न आवश्यक परेपछि मतदान गर्न अनुमति पाएकी थिइन् । साजिदा भन्छिन्, ‘दुई वर्षअघिसम्म महिलाले पनि मतदान गर्न सक्छिन् भन्ने थाहा थिएन ।

उनी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात डिभिजनको शांगला जिल्लाकी बासिन्दा हुन् ।

साजिदाका अनुसार उनका श्रीमान् घरका महिलाहरू मतदान केन्द्रमा पुरुषसँगै लाइनमा उभिउन् भन्ने चाहँदैनन् किनभने 'यसले घुम्टो हट्छ ।'

कतिछन्महिला मतदाता?

साजिदा र उनको परिवारका अन्य महिलाले मात्रै होइन, लाखौं महिला मतदाताको यस्तै अवस्था छ ।

सन् २०१८ को चुनावमा साङ्ला जिल्लामा महिलाहरू यति थोरै संख्यामा मतदान गर्न आएका थिए कि निर्वाचन आयोगले यहाँको निर्वाचन रद्द गरेको थियो ।

यो पाकिस्तानको सबैभन्दा रूढिवादी क्षेत्रहरूमध्ये एक हो जहाँ महिलाहरूलाई कडा परम्पराहरू पालना गर्न बाध्य पारिन्छ । शांगलाको इतिहासमा अहिलेसम्म स्थानीय वा अन्य कुनै पनि निर्वाचनमा महिला उम्मेदवारले उम्मेदवारी दिएकी छैनन् ।

यहाँ कुल दर्ता भएका मतदातामध्ये आधा महिला भए पनि घरबाहिर निस्कन दिइँदैन । अर्कोतर्फ, मतदानको दिन ती क्षेत्रका महिलालाई सहयोग गर्ने खालको व्यवस्था देखिँदैन ।

यहाँ महिलाहरूलाई मतदान गर्न परिवारका पुरुषहरूबाट अनुमति चाहिन्छ, जुन सामान्यतया दिइँदैन । यहाँका पुरुषहरूले महिलालाई मतदान गर्न नदिने दुइटा कारण दिन्छन् ।

पहिलो, दुर्गम पहाडी क्षेत्रमा यातायातको व्यवस्था छैन र दोस्रो,  महिलाका लागि छुट्टै मतदान केन्द्र बनाइएको छैन ।

महिलाहरू अनुमतिबिना अस्पताल पनि जान मान्दैनन्

२७ वर्षीया शगुफ्ता इद्रिस शांगलाका थोरै महिलामध्येकी एक हुन् जसले उच्च शिक्षा हासिल गरेकी छन् । उनी स्थानीय विद्यालयमा पढाउँछिन् । उनले विगतका वर्षहरूमा पनि यस क्षेत्रमा महिला अधिकारमा ठूलो परिवर्तन नआएको बताइन् ।

उनी भन्छिन्, ‘यहाँ कुनै महिला बिरामी परेमा श्रीमानको अनुमतिबिना अस्पताल जान पाउँदैनन् । अस्पताल वा बाहिर पुरुष भएकाले अक्सर श्रीमानले अनुमति दिँदैनन् । यसरी महिलाले रोग र पीडा सहन्छिन् तर अनुमतिबिना बाहिर निस्कन सक्दैनन् । भोटको अवस्था पनि उस्तै छ।'

यहाँका महिलालाई भोटको महत्व कति छ र यो अधिकार कसरी र किन प्रयोग गर्ने भन्ने थाहा नभएको उनकी साथी सौबिया आरजु बताउँछिन् ।

उनका अनुसार भोटिङ के हो भन्ने पनि थाहा थिएन । पढ्दै गर्दा यो कुरा थाहा भयो । जहाँ पुरुषले भोट हाल्न भन्छन्, त्यहीँ भोट गर्थ्यौं, तर यसपटक आफूले रोजेको पार्टीलाई भोट दिने सोचमा छु ।'

यो अवस्था शांगलामा मात्र नभई कोहिस्तान, बटग्राम र माथिल्लो र तल्लो दिरजस्ता अन्य आसपासका क्षेत्रहरूमा पनि देखिन्छ । यहाँ महिलाको भोटिङ प्रायः कम छ ।

कोहिस्तान ती क्षेत्रहरूमध्ये एक हो जहाँ महिला मतदाता र उम्मेदवारहरूलाई रोक्न फतवा जारी गरिएको छ।

पाकिस्तानको पूर्व आदिवासी क्षेत्र र बलुचिस्तानमा पनि यस्तै अवस्था छ । पञ्जाब र सिन्धका धेरै भागहरूमा पनि महिला मतदाताको सहभागिता पुरुष मतदाताको तुलनामा कम देखिन्छ।

शैक्षिक संस्थाको अभाव

यदि २०१८ को चुनावको सन्दर्भमा निर्वाचन आयोगको तथ्याङ्कलाई हेर्‍यौं भने, खैबर पख्तुनख्वा सहर डेरा इस्माइल खानमा कुल मतको तीन प्रतिशत मात्र महिलाको थियो।

त्यसैगरी महमन्द एजेन्सीमा कुल मतदानमा महिलाको सहभागिता ६ प्रतिशत मात्र रहेको छ । वजिरिस्तानमा पनि १० प्रतिशत महिलाले मात्रै मतदान गरेका थिए । महिलाको कम सहभागिताका कारण यी स्थानमा निर्वाचन रद्द भएको हो ।

मतदानमा महिलाको यस्तो कम सहभागिताको कारण परिवारमा पुरुषबाट अनुमति नदिने र विभिन्न प्रकारका सामाजिक प्रतिबन्धहरू मात्र नभएर शिक्षाको अभाव र अधिकारप्रति सचेत नहुनु पनि प्रमुख कारण हो ।

लाखौं जनसंख्या भएको साङ्ला जिल्लामा छात्राका लागि एउटा मात्र डिग्री कलेज र विश्वविद्यालय नभएको तथ्यबाट बुझ्न सकिन्छ ।

यहाँका महिलालाई चुनाव के हो र भोट हाल्नु कत्तिको आवश्यक छ भन्ने थाहा नभएको सौबिया आरजु बताउँछिन् ।

उनका अनुसार महिलामा चेतना छैन । यहाँको दोस्रो ठूलो समस्या प्रायः मतदान केन्द्र एउटै भवनमा हुनु हो । मतदान केन्द्र छुट्टाछुट्टै छन् तर भवनमा प्रवेश गर्ने ढोका एउटै छ । यसबाहेक पहाडी क्षेत्रमा घरहरू एकअर्काबाट टाढा छन्।

सामान्यतया त्यहाँ सडकहरू पनि छैनन् । 'कहिलेकाही मतदान केन्द्रहरू घरबाट यति टाढा हुन्छन् कि पहाडी क्षेत्रमा घन्टा पैदल हिँडेर पनि त्यहाँ पुग्न गाह्रो मानिन्छ ।'

निर्वाचन आयोगको नियमअनुसार कुनै पनि निर्वाचन क्षेत्रको कुल मतको दश प्रतिशतभन्दा कम महिला सहभागिता भएमा सो निर्वाचन क्षेत्रको नतिजालाई मानिने छैन र निर्वाचन प्रक्रिया रद्द हुन्छ ।

यो नियममाथि प्रश्न उठाउँदै विज्ञहरू निर्वाचन आयोगले घोषणा गरेको १० प्रतिशत मात्रै महिला मतदाताको सीमा निकै न्यून रहेको बताउँछन् ।

निर्वाचनको अनुगमन गर्ने गैरसरकारी संस्था ‘फाफन’ (फ्री एन्ड फेयर इलेक्शन नेटवर्क)सँग आबद्ध रुख्सानाले बीबीसीसँग कुरा गर्दै राजनीतिक दलले आफ्ना प्रमुख कार्यकर्ताका परिवारमार्फत यति थोरै संख्यामा मत प्राप्त गर्ने गरेको बताइन् । 'परिवर्तन यसरी ठूलो मात्रामा हुँदैन ।'

उनी भन्छिन्, ‘यस्तो कुनै पनि सूत्र लागू गर्नुको उद्देश्य समयसँगै यो सामान्य हुँदै जाने हो कि हरेक वर्ष धेरै महिला राष्ट्रिय प्रवाहमा आउने र यो सीमा बढ्दै जाने हो । तर यहाँ त्यस्तो देखिँदैन । दश प्रतिशतको सीमा राखेर यो मुद्दा टुंगियो, जसको भविष्यमा कुनै फाइदा छैन किनभने यो संख्या दस प्रतिशतमा रोकिन्छ।

परिवर्तन कसरी आउँला ?

यो कठिन समयमा पनि, केही आशा देखिन्छ। बलुचिस्तानको झल मगसी क्षेत्रकी रेहाना मग्सी त्यो पिछडिएको क्षेत्रमा 'बाहुबली' नवाबहरू (नवाब ले सामान्यतया बलवान पुरुषहरूलाई जनाउँछ । यसको अर्थ अपार धन वा असाधारण विशिष्टता भएको व्यक्ति पनि हो ।) विरुद्ध चुनाव लड्ने पहिलो महिला हुन् ।

उनको कच्चा घर गोठ सारङमा छ, जहाँ हरेक कुरामा गरिबी देखिन्छ । उनी हातमा कागज लिएर कहिले पैदल र कहिले बाइकमा घर-घर जान्छिन् ।

उनले भनिन्, ‘चुनावको प्रचारका लागि रंगीन पर्चा छाप्ने पैसा हामीसँग छैन । मेरो बुबा हरि (कृषि मजदुर) हुनुहुन्छ । मेरो भाइले किस्तामा मोटरसाइकल लिएर बेचेर मलाई चुनाव लड्ने प्रबन्ध मिलाइदिएको छ ।'

बिहान १० बजे घरायसी काम सकेर गाउँघरमा गएर जनतालाई भोट दिन मनाउन खोज्ने उनी बताउँछिन् । आफ्नो क्षेत्रमा विश्वविद्यालय–कलेज नभएको उनी बताउँछिन् । यहाँ बिजुली, ग्यास, अस्पताल र पक्की सडकको सुविधा छैन ।

रेहाना भन्छिन्, ‘मेरो चुनावी प्रचारमा म कहिले साइकलमा कहिले पैदल हिँडेर मान्छेकहाँ जान्छु । मेरो पहिलो चाहना यो हो कि मैले जित्यो भने यस क्षेत्रमा अस्पताल र विश्वविद्यालय बनाउँछु । यहाँ कलेज, सडक, बिजुली जस्ता सुविधा छैनन् । विना घुसखोरी र शिक्षा अनुसारको जागिर दिनेछौं । महिला समस्या भएकाले अस्पताल बनाइनेछ । एउटी महिला बिरामी भए साखर वा सिन्ध जानुपर्छ ।

पाकिस्तानको चुनावमा महिला उम्मेदवार विरलै मैदानमा देखिन्छन् । महिला मतदाताको उपस्थिति लगभग शून्य रहेको क्षेत्रमा महिला उम्मेदवारले चुनाव लड्ने निर्णयलाई ठूलो विद्रोह मानिन्छ ।

उनी भन्छिन्, ‘हामी बलूचमा महिलाले चुनावमा भाग लिने चलन छैन तर यो बाध्यता हो । बाध्यताले मलाई चुनावको मैदानमा ल्याएको हो । जनता भन्छन् किन यस्तो कदम चालेको ? यदि मभित्र डर राखे भने, म कसरी क्षेत्रमा परिवर्तन ल्याउन सक्छु?

आर्थिक समस्याका कारण चुनाव जित्न नसक्ने कुरामा आफू सचेत रहेको रेहाना मग्सी बताउँछिन् तर, महिलाले चुनाव लड्न सामान्य बन्ला भने भविष्यमा सोच्ने गर्छिन् । उनी भन्छिन्, ‘म यो डर अन्त्य गर्न चाहन्छु । त्यसैले भोलि धेरैभन्दा धेरै महिलाले चुनाव लड्न सकून् भनेर आज म चुनावमा उभिएको छु ।'

बीबीसी हिन्दीबाट अनुवादित

salt training

कमेन्ट गर्नुहोस्