२३ जेठ २०८३, शनिबार

न्याय परिषद्ले स्वीकृत गर्‍यो जिल्ला न्यायाधीशको परीक्षाका लागि नयाँ पाठ्यक्रम

माघ २३, २०८०
काठमाडौं
न्याय परिषद्ले स्वीकृत गर्‍यो जिल्ला न्यायाधीशको परीक्षाका लागि नयाँ पाठ्यक्रम

न्याय परिषद् बैठकले जिल्ला न्यायाधीशको परीक्षाका लागि नयाँ पाठ्यक्रम स्वीकृत गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलवार बसेको बैठकेल नयाँ पाठ्यक्रम स्वीकृत गरेको हो । परिषद्‌ले स्वीकृत गरेको उक्त पाठ्यक्रम अब वेबसाइटमा राखिने छ ।

अब केही दिनभित्रै जिल्ला न्यायाधीशको समते परीक्षा हुने बताइएको छ । 'जिल्ला न्यायाधीशको परीक्षाका लागि न्याय सेवा आयोगबाट मागेको राय परामर्शसमेत प्राप्त भएको छ । जिल्ला न्यायाधीशको जाँच लिनका लागि लोक सेवा आयोगलाई लेखी पठाउने निर्णयसमेत भएको छ । अब केही दिनभित्रै जिल्ला न्यायाधीशको जाँच हुन्छ', न्याय परिषद् स्रोतले लोकान्तरसँग भन्यो ।

salt training

कमेन्ट गर्नुहोस्