०९ साउन २०८३, शनिबार

बढ्यो नेपालको रेमिट्यान्स

माघ २३, २०८०
काठमाडौं
बढ्यो नेपालको रेमिट्यान्स

विदेशमा काम गर्ने नेपालीले पठाउने रकम विप्रेषण (रेमिट्यान्स) गत वर्षभन्दा यस वर्ष बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको देशको वर्तमान आर्थिक र वित्तीय स्थितिको प्रतिवेदनअनुसार देशको विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको हो ।

null

पछिल्लो समय विदेशीने नेपालीहरूको संख्या बढिरहँदा रेमिट्यान्स पनि बढेको छ ।

यस्तै अपेक्षाअनुसार राजस्व संकलन हुन नसक्दा सरकारी खाता घाटामा गएको पनि प्रतिवेदनमा उल्लेख छ । 

सरकारी खाता ७० अर्बले घाटामा गएको देखाएको हो ।

आव २०८०-८१ को ६ महिनाको तथ्यांकले सरकारी खाता घाटामा गएको देखाएको हो ।

२०८० पुससम्ममा नेपाल सरकारको खर्च ५ खर्ब ६६ अर्ब ६२ करोड देखिएको छ भने राजस्व परिचालन जम्मा ४ खर्ब ९६ अर्ब ५० करोड छ ।

सोधनान्तर स्थिति २ सय ७३ अर्ब ५२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चिति १८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्