१४ असार २०८३, आइतबार

स्काउटको निर्वाचन रोक्ने पत्र कार्यान्वयन नगर्न आदेश

माघ २३, २०८०
काठमाडौं
स्काउटको निर्वाचन रोक्ने पत्र कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको सरकारको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

 न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै युवा तथा खेलकुद मन्त्रालयको पत्र यथास्थितिमा राख्न आदेश दिएको छ ।

      नेपाल स्काउटले स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन तय गरेको थियो । निर्वाचन सुरु हुनै लाग्दा प्रधानमन्त्री कार्यालयबाट गएको निर्देशनका आधारमा युवा मन्त्रालयले निर्वाचन रोक्न निर्देशन दिएपछि सर्वोच्च अदालतमा नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले यसबारे छलफलका लागि दुवै पक्षलाई यही माघ २५ गते बोलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्