१९ असार २०८३, शुक्रबार

भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा

माघ २४, २०८०
काठमाडौं
भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा

भारत आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा घरेलु टोलीलाई २ विकेटले हराउँदै भारत फाइनल प्रवेश गरेको हो ।

२४५ रनको जवाफी लक्ष्य भारतले ४८.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । 

भारतलाई जिताउन कप्तान उदय शरण र सचिन दासले राम्रो प्रदर्शन गरे । खराब सुरुआत गरेको भारतलाई सचिन र दासले सम्हालेका थिए । 

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका ओपनर लुआन ड्रे प्रिटोरियसले सर्वाधिक ७६ रन बनाए । यसैगरी रिचर्ड सेलेट्सवेनले ६४ रन बनाए । 

भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट लिँदा मुशेर खानले २ विकेट हात पारे । नमन तिवारी र सौम्य पाण्डेले एक एक विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्