०३ असार २०८३, बुधबार

सांसद सिंहको प्रश्न- बजेटजति नुवाकोट, डडेल्धुरा र चितवन गयो, यो देश ३ नेताको मात्र हो ?

माघ २४, २०८०
काठमाडौं
सांसद सिंहको प्रश्न- बजेटजति नुवाकोट, डडेल्धुरा र चितवन गयो, यो देश ३ नेताको मात्र हो ?
फाइल तस्वीर

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अन्य जिल्लाको बजेट रोकेर प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा केन्द्रित गरिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवन, कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा र अर्थमन्त्रीको जिल्ला नुवाकोटमा मात्र बटेट खनाइएको आरोप लगाएका हुन् । 

‘यो सरकारले विकास निर्माण अवरुद्ध गर्न खोजेको हो ? नुवाकोट, डडेल्धुरा र चितवनबाहेक ७४ जिल्लामा विकास भएको छैन, बहुवर्षीय ठेक्का रोकिएका छन्,’ सांसद सिंहले प्रश्न गरे, ‘३ जनाको मात्र हो यो देश ? नुवाकोटमा २ खर्ब भन्दा बढीको आयोजना गएको छ । तीन नेताले चलाउने हो भने संसदमा बजेट किन ल्याउने ?’

salt training

कमेन्ट गर्नुहोस्