२३ असार २०८३, मंगलबार
संसद्‌मा कांग्रेस महामन्त्रीको सम्बोधन

आर्थिक/राजनीतिक जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेले दण्ड सजाय पाउनुपर्छ - गगन थापा

माघ २४, २०८०
काठमाडौं
आर्थिक/राजनीतिक जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेले दण्ड सजाय पाउनुपर्छ - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा महामन्त्री थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेमाथि कारबाही हुनुपर्ने बताएका हुन् ।

उनले बाँसबारी जग्गा हिनामिना प्रकरणप्रति संकेत गर्दै सरकारी जग्गा हडप्नेमाथि कारबाही गर्नुपर्ने बताएका हुन् । सरकारले सुशासनका लागि गरेका काममा संसद्‌ले समेत साथ दिनुपर्ने उनले बताए । ​​​​

संसदमा बोल्दै गगनले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्ने बताए । ‘जुनसकै दलको होस्, बाहिरको होस्, जतिसुकै शक्तिशाली होस् कसैले उन्मुक्ति पाउनु हुन्न । एउटा नागरिकले जे गर्दा दण्ड पाउँछ शक्तिशालीलाई पनि त्यो कानून त्यसैगरी लागू हुनुपर्छ । नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन ? दण्ड पाउनु पर्दैन ?’ थापाले भने ।

‘सरकारले सुशासनको सन्दर्भमा काम गरेको छु भनेर  मात्र हुँदैन जनताले महसुस गर्न सक्नु पर्छ । सरकारले गरेकोमा पूर्वाग्रह नहोस्, कतैबाट प्रहरी प्रशासन अड्डाबाट प्रभावित नहोस् । संसदको पूर्ण रूपमा सरकारलाई साथ रहनु पर्छ’, महामन्त्री थापाले भने ।

​बाँसबारी जग्गा हिनामिना प्रकरण अहिले कांग्रेसको सांसदसमेत रहेका विनोद चौधरी समेतको संलग्नतामा देखिएको छ । चौधरीले कांग्रेस संसदीय दलको बैठकमा आफूहरूमाथि पूर्वाग्रह राखिएको गुनासो गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्