०३ साउन २०८३, आइतबार

बाँसबारी जग्गा प्रकरण : पक्राउ परेका चौधरीसहित तीनै जना हाजिरी जमानीमा रिहा, अनुसन्धान जारी

माघ २४, २०८०
काठमाडौं
बाँसबारी जग्गा प्रकरण : पक्राउ परेका चौधरीसहित तीनै जना हाजिरी जमानीमा रिहा, अनुसन्धान जारी
फाइल फोटो

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले तीनै जनालाई हाजिरी जमानीमा छाडिएको जानकारी दिए । 'जिल्ला अदालत काठमाडौंको आदेशअनुसार हाजिरी जमानीमा आज तीनै जनालाई छाडिएको छ, यद्यपि सो प्रकरणको अनुसन्धान भने जारी छ', उनले भने ।

गत सोमवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानमा सहयोग गर्ने गरी हाजिर जमानीमा छाडी बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजीकरण गर्न खोजिएको भन्दै ब्यूरोले उनीहरूलाई पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्