०९ साउन २०८३, शनिबार

कानून निर्माणमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन : जनार्दन शर्मा

माघ २४, २०८०
काठमाडौं
कानून निर्माणमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कानून निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नहुने बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बुधवार सम्बोधन गर्दै शर्माले परिवर्तनका पक्षधरहरू जनताको पक्षमा निर्माण गरिने कानूनको विपक्षमा लाग्न नहुने बताएका हुन् । 

‘शान्ति प्रक्रियाको जगमा यो सदन बनेको हो । यसलाई छिटो भन्दा छिटो टुंगाउनुपर्छ । कानून निर्माणमा सत्तापक्ष र प्रतिपक्षको हुँदैन’, उनले भने, ‘अहिलेको प्रतिपक्ष गणतन्त्र र सुशासन, नमान्नेको हो ।’ 

सुशासन, विकास निर्माणसहितका विषयमा कानून बनाउन आवश्यक भएको उनले बताए । 

जाजरकोट र रुकुम भूकम्पछि छिटो पुनर्निर्माण गर्नुपर्ने उनले बताए । पुनर्निर्माण गर्न संकटको क्षेत्र घोषणा गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्