१० साउन २०८३, आइतबार
संसद्‌मा स्वतन्त्र सांसदको सम्बोधन

व्यापारीको पैसा खाएका नेताले बाँसबारी प्रकरणमा पक्राउ परेकालाई छाड्न दबाब दिए - अमरेश सिंह

माघ २४, २०८०
काठमाडौं
व्यापारीको पैसा खाएका नेताले बाँसबारी प्रकरणमा पक्राउ परेकालाई छाड्न दबाब दिए - अमरेश सिंह
फाइल फोटो

प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले व्यापारीको पैसा खाएर पार्टी चलाइरहेका नेताले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई छाड्न दबाब दिएको बताएका छन् । सरकार चलाउने दलको संरक्षणमा सार्वजनिक सम्पत्ति लुटिएको उनले आरोप लगाए ।​

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद सिंहले बाँसबारी जग्गा हिनामिनामा पक्राउ परेकालाई छाड्न प्रधानमन्त्री र सत्ता गठबन्धनका नेताले प्रहरीलाई दबाब दिएको बताएका हुन् ।

‘सरकारको संरक्षणमा, सरकार चलाउने दलको संरक्षणमा सार्वजनिक सम्पत्ति लुटिएको हो । बाँसबारीको कुरा आयो । प्रहरीले समातेको २ घण्टा नहुँदै प्रधानमन्त्री र गठबन्धनका नेताबाट प्रहरीको आईजीलाई तारन्तार फोन जान थाल्यो, तुरुन्तै छाड्नू । किनकि त्यही व्यापारीको पैसा खाएर पार्टी चलाइरहेका छौं’, सांसद सिंहले आक्रोशित हुँदै संसद्‌मा भने । 

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई छाड्न सत्तारुढ दलका नेताहरूले प्रहरीलाई दबाब दिएको समाचार बाहिर आएको थियो । 

बुधवार नै प्रतिनिधि सभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले बाँसबारी जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको संलग्नता रहेको भन्दै प्रष्ट पार्न कांग्रेससँग माग गरेका छन् । 

‘उद्योग व्यापारीको भेषमा चौधरी ग्रुपका अरुण चौधरीले तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको र सो विषयमा यस संसद्का सदस्य (विनोद चौधरी) समेतको संलग्नता भएको हुनाले सम्बन्धित दल नेकाले स्पष्ट पार्न अनुरोध गर्दछु’ सुवालले भने ।

salt training

कमेन्ट गर्नुहोस्