१७ असार २०८३, बुधबार

बेलायतका राजा चार्ल्स स्वास्थ्य उपचारमाः थप शाही जिम्मेवारी सम्हाल्दै राजकुमार विलियम

माघ २४, २०८०
काठमाडौं
बेलायतका राजा चार्ल्स स्वास्थ्य उपचारमाः थप शाही जिम्मेवारी सम्हाल्दै राजकुमार विलियम

लन्डन–पिता तथा राजा चार्ल्स तृतीयको क्यान्सरको उपचार भइरहेको र आफ्नी श्रीमतीले पनि शल्यक्रियापछि आराम गर्नुपर्ने भएकाले बेलायती राजकुमार विलियमले शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ । 

राजा क्यान्सर निदानका लागि अस्पतालमा भर्ना हुनुपर्ने र क्याथरिनको पेटको अपरेसन भएकाले विलियमलाई बुधवारदेखि थप शाही बोझ काँधमा आएको हो ।

चार्ल्सका जेठा छोरा तथा सिंहासनका उत्तराधिकारी ४१ वर्षीय विलियमले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिन र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए ।

राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधवारदेखि काममा फर्किएका हुन् ।

उनले आफ्ना बुवाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ । उपचारका क्रममा राजा चार्ल्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र रानी क्यामिलाले भार साझेदारी गर्नेछन् । क्यामिला चार्ल्सकी पत्नी हुन् । 

बकिङ्घम प्यालेसले ७५ वर्षीय राजालाई कुन प्रकारको क्यान्सर भएको भन्नेबारे केही बताएको छैन । यद्यपि उनलाई प्रोस्टेट क्यान्सर भने नभएको बुझिएको छ । 

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजाको स्वास्थ्यबारे सार्वजनिक सन्देशमा समस्या ‘छिट्टै नै पत्ता लागेको’ बएका थिए ।

सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएको थियो । त्यसपछि चार्ल्स राजा बनेका थिए । शासनकालको १७ महिनापछि उनलाई यो समस्या रहेको पत्ता लागेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्