११ साउन २०८३, सोमबार

अफगानिस्तानको आधा जनसङ्ख्यालाई छैन शुद्ध पिउने पानी

माघ २४, २०८०
काठमाडौं
अफगानिस्तानको आधा जनसङ्ख्यालाई छैन शुद्ध पिउने पानी

काबुल– जलवायु परिवर्तन तथा वर्षौँको खडेरीले दुई करोड १० लाख अफगानी नागरिक पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए)का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताएका छन् । 

अफगानिस्तानको आधा जनसङ्ख्यालाई शुद्ध पिउने पानीको पहुँच नभएको स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले हक्कानीलाई उद्धृत गर्दै बुधवार जनाएको छ । अफगानिस्तानको जनसङ्ख्या चार करोड १० लाख रहेको छ ।   

हक्कानीले जलवायु परिवर्तनका कारण युद्धग्रस्त अफगानिस्तानको तीन प्रतिशत जङ्गललाई नष्ट गरेकाले नियमित वर्षामा ३७ प्रतिशतले कमी आएको उल्लेख गरेका छन् ।

अफगानिस्तानले वर्षौँदेखि खडेरीको सामना गरिरहेको छ । परिणामस्वरुप राजधानी काबुललगायतका स्थानमा भूमिगत पानीको मन्दी आएको छ । यसैबीच शहरका करिब ६० लाख मानिसहरू चरम पानीको अभावको सामना गरिरहेका छन् ।

एनईपीएका जलवायु परिवर्तन विभागका प्रमुख रोहुल्लाह अमीनले जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरूको सामना गर्न अनुमानित दुई अर्ब अमेरिकी डलर चाहिने बताएका छन् ।

अफगानिस्तानका उच्च शिक्षा उपमन्त्री लुतफुल्ला खैरखवाहले आगामी दिनमा पूर्वी सहर जलालाबादको नानगाहर विश्वविद्यालयमा अफगान र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन हुने जानकारी गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्