३० जेठ २०८३, शनिबार

एनसेलको डबल मजा प्याक : १५० रुपैयाँमा ५ जीबी डेटा पाइने

माघ २४, २०८०
काठमाडौं
एनसेलको डबल मजा प्याक : १५० रुपैयाँमा ५ जीबी डेटा पाइने

​​​एनसेल प्रयोगकर्ताले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्ने भएका छन् । ग्राहकहरूले अत्यधिक रुचाएका डबल मजा अफर तीन प्याकहरूका साथ पुनः सञ्चालनमा ​ल्याएको एनसेलले जनाएको छ ।

अफर अन्तर्गत ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात समयसीमा रहेको करसहित १५० रुपैयाँमा ५ जीबी डेटा वा २०० रुपैयाँमा ८ जीबी डेटा लिन सक्ने छन् ।​

त्यसैगरी ८८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सकिने एनसेलले जनाएको छ ।

कम्पनीका अनुसार यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरूप प्राप्त गर्न सक्नेछन् ।

यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्ने छन् ।

डबल मजा प्याक खरिद गर्न ग्राहकले *१७१२३# डायल गर्नुपर्ने हुन्छ ।

साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक लिन सकिनेछ ।

थप परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरूलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहिरहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ ।

प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन् ।

७ दिन भ्यालिडिटी भएका १५० रुपैयाँ र २०० रुपैयाँका डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिनेछ ।​

त्यसैगरी ८८८ रुपैयाँको प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ ।  ​

यसैबीच एनसेलले करसहित २२० रुपैयाँमा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ ।

यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्