१८ असार २०८३, बिहीबार

नापी कार्यालयका सर्भेक्षक र लेखापढी व्यवसायी १ लाख घुससहित रंगेहात पक्राउ

माघ २४, २०८०
काठमाडौं
नापी कार्यालयका सर्भेक्षक र लेखापढी व्यवसायी १ लाख घुससहित रंगेहात पक्राउ

काठमाडौंको कलंकीस्थित नापी कार्यालयका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधवार नापी कार्यालयबाटै पक्राउ गरेको हो । 

चौलागाईंको साथबाट ४५ हजार र पोखरेलबाट ५५ हजार घुस बरामद भएको अख्तियारले जनाएको छ । जग्गा हालसाबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्