०२ असार २०८३, मंगलबार

वर्तमान राजनैतिक घटनाक्रममा कुनै सरोकार छैनः नेपाली सेना

कात्तिक २०, २०७४
वर्तमान राजनैतिक घटनाक्रममा कुनै सरोकार छैनः नेपाली सेना
काठमाडौं, २० असोज— नेपाली सेनाले वर्तमान राजनैतिक घटनाक्रमप्रति  संगठनको कुनै सरोकार नरहेको स्पष्ट पारेको छ ।army
केही अनलाईन सञ्चार माध्यमहरुले विकसित राजनैतिक विषयवस्तुसँग जोडी आफ्नो व्यवसायिक तथा ऐतिहासिक छबिमा नै आँच पुग्ने गरी तथ्यहिन समाचार प्रकाशित गरेको भन्दै सेनाले ध्यानाकर्षण भएको जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेनाले नेपालको संविधान प्रति सदा प्रतिबद्ध, देश र जनता प्रति समर्पित, इमान्दार, बफादार तथा गैह्र राजनैतिक व्यवसायिक सैनिक सङ्गठनको रुपमा ईतिहास कालदेखि नै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहेको अवगत गराएको छ ।
विज्ञप्तिमा सेना नेपालको संविधान, नेपाली जनता तथा आफ्नो गौरवमय ऐतिहासिक परम्परा प्रति प्रतिबद्ध रहेकोे पनि उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्