३१ जेठ २०८३, आइतबार

पाकिस्तानमा चुनावअघि दुईवटा बम विस्फोट, कम्तिमा २८ जनाको मृत्यु

माघ २५, २०८०
काठमाडौं
पाकिस्तानमा चुनावअघि दुईवटा बम विस्फोट, कम्तिमा २८ जनाको मृत्यु

पाकिस्तानमा आज (८ फेब्रुअरी) आम निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेबाट शुरू भई साँझ ५ बजेसम्म मतदात चल्ने पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

तर, आम निर्वाचन हुनुभन्दा एक दिनअघि बलुचिस्तान प्रान्तमा उम्मेदवारको कार्यालय बाहिर भएका बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

पहिलो विस्फोटमा १८ जनाको मृत्यु भएको थियो । यो विस्फोट क्वेटाको पिसिन जिल्लामा भएको हो । दोस्रो विस्फोट किला सैफुल्लाहमा भएको थियो जसमा नौ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीले यी दुवै बम विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको समाचारमा उल्लेख छ । 

विष्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्