१० साउन २०८३, आइतबार
ओडीआई सिरिज

आज क्यानडासँग खेल्दै नेपाल

माघ २५, २०८०
काठमाडौं
आज क्यानडासँग खेल्दै नेपाल

क्यानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । दुई देशबीचको खेल बिहान ९:१५ मा त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेलले गर्ने छन् भने र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । 

दुवै टोली सिरिजमा विजयी शुरूआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जीत हात पार्न खोज्नेछ । 

null

क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । उनी नेपालका पूर्व सफल प्रशिक्षक हुन् । 

नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्